१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
२o८२ बैशाख १७ बुधबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चेकजाँचका क्रममा भागेको कारबाट ४२१ किलो गाँजा बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १o:४१:oo

धनकुटामा सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।बुधबार बिहान धनकुटा, साँगुरीगढी गाँउपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शंका लागि चेकजाँच गर्न  खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछि  पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको  चार सय २१ किलो गाँजा फेला परेको हो । कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।