१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छिन् । 

सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताइन्। बैठकको विशेष समयमा उनले भनिन्, ‘कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ। राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।’ 

सांसद महेन्द्र राय यादवले शिक्षकहरूका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।’ कबाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उनले जोड दिए।