१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
Invalid date format १९:३७:oo
Read Time : > 1 मिनेट
अर्थ

बर्खे आलुमा पुतली किराको प्रकोप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

सल्यानका किसानले लगाएको बर्खे आलुमा पुतली किराको प्रकोप देखिएको छ। बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका ६८ परिवारले लगाएको करिब १७ हेक्टर आलुखेतीमा पुतली किराको प्रकोप देखिएको हो। 

भण्डारणका क्रममा देखिने पुतली किरा आलु बारीमा देखिन थालेपछि किसानहरू चिन्तित भएका छन्। आलु रोप्ने वेला पानी नपरेको र अहिले किराको समस्या देखिएपछि यस वर्ष आलु उत्पादन घट्ने अवस्था आएको निगालचुलाका किसान जितबहादुर ओलीले बताए। 

१७ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको आलु खेतीमा किरा देखा परेको बनगाड कुपिण्डे नगरपालिका कृषि विकास शाखा प्रमुख नारायण बेलवासेले जानकारी दिए । क्षतिग्रस्त आलुको बिउमा भएको लार्भा वयस्कमा परिणत हुन गई वयस्क पुतलीले आलुबालीको पातमा फुल पारी सोबाट निस्किएको लार्भाले आक्रामक रूप लिएको उनको भनाइ छ। 

आलुखेतीमा किराको प्रकोप देखिएपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाबाट विज्ञसहितको टोलीले स्थलगत अनुगमन गरी उपचार सुरु गरेको छ। 

तत्काल समस्या समाधानका लागि एकीकृत कृषि प्रयोगशाला सुर्खेतले निम तेल, पिटिएम ल्युर र विषादी छर्नका लागि स्प्रेयर ट्यांकीसमेत किसानलाई निःशुल्क प्रदान गरेको छ। प्राविधिक निरीक्षणपछि किसानलाई सचेत गराउँदै कृषि प्राविधिकहरूले रोग फैलन नदिन खेतबाट क्षतिग्रस्त बोटहरू हटाउने, पुराना बिउ प्रयोग नगर्ने र उचित जैविक नियन्त्रण उपाय अपनाउने सुझाव दिएका छन्।

निगालचुलाका अधिकांश किसानको जीवनयापन कृषिमा आधारित रहेको हुँदा यस्तो समस्या दीर्घकालीन रूपमा दोहोरिन नदिन उचित बिउ छनोट, भण्डारण विधि सुधार र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषिविज्ञको भनाइ।

कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले विशष गरी जलवायु परिवर्तनको प्रत्यक्ष असरले यो समस्या देखा परेको बताए। दुई तीन-वर्षपहिले यो क्षेत्रमा यस्तो समस्या नदेखिएको र अहिले जलवायु परिवर्तन नै यसको कारक बनेको बताए। उनले पुतली किराको प्रकोपसँगै फेद काट्ने किराको पनि समस्या देखिएको बताए। यसलाई सुधार गर्न उपचार विधि सुरु गरिसकेको वरिष्ठ कृषि अर्थविज्ञ रोकायाले बताए।