१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटाबाट ९४६ किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

धनकुटाको चौबिसे गाउँपालिका–५, बोधेबाट प्रहरीले आज सोमबार ९४६ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

बोधेमा आज बिहान ट्रकमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो।

ना ५ ख ६१५७ नम्बरको ट्रकमा प्लास्टिकको बोरामा ३८ पोका गाँजा लोड गरिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

ट्रकका चालक फरार छन् भने ट्रकसहित बोधेका स्थानीय ४३ वर्षीय मनोज लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार चालकको खोजतलास भइरहेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।