मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Thursday, 18 September, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १५ सोमबार १८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिङ्देनको हात समाउँदै थापाले भने– हामी एक ठाउँमा छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १८:२२:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी शक्तिहरू राजसंस्था पुनर्स्थापनाको अभियानमा एकैठाउँमा आएको बताएका छन्।

सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजित सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हात समाउँदै थापाले भने, ‘हामी एक ठाउँमा छौँ। एक रहन्छौँ।’

राप्रपा नै सबैभन्दा ठुलो र बलियो राष्ट्रवादी शक्ति भएको दाबी गर्दै थापाले सबैलाई समेट्ने पहलकदमीको नेतृत्व लिन लिङ्देनलाई आग्रहसमेत गरे। 

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा लिङ्देनसँग पराजित भएपछि निर्मलनिवासले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै थापाले राप्रपा परित्याग गरेका थिए। पछिल्लो समय राजावादीहरूले आन्दोलन सुरु गरेसँगै थापा र लिङ्देनले ‘स्टेज सेयर’ गर्दै एकताको सन्देश दिएका हुन्।

थापाले भने, ‘एउटा कुरा प्रस्ट छ– राप्रपा देशको सबैभन्दा ठुलो र बलियो राष्ट्रवादी शक्ति हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले नै सबैलाई समेट्ने ढंगबाट बढ्नुपर्छ। त्यसको लागि म त्यो पहलकदमी लिनको निमित्त माननीय राजेन्द्र लिङ्देनज्यूलाई अनुरोध गर्न चाहन्छु।’

सभामा लिङ्देन र थापासँगै राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेल, शिवसेना नेपालकी उपाध्यक्ष गंगा चौधरीलगायत पनि सहभागी थिए।