१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १५ सोमबार १७:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इयूको कालोसूचीभन्दा आमनेपाली यात्रुको हवाई सुरक्षालाई केन्द्रमा राखौँ : सांसद गौतम [भिडियाेसहित]

सौर्य एयरलाइन्स दुर्घटना सन्दर्भमा त्रुटि गर्नेलाई कारवाहीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १७:१३:oo

रास्वपा सांसद सोबिता गौतमले नेपाली यात्रुको हवाई सुरक्षालाई केन्द्रमा राखेर ऐन बनाउनुपर्ने बताएकी छिन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकमा भएको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्दै सांसद गौतमले युरोपियन युनियन (इयू)को कालोसूचीबाट बाहिर निस्किनेभन्दा बढी ध्यान हवाई सुरक्षामा दिनुपर्ने बताएकी हुन्।

‘इयूको प्रतिबन्ध हटाउनुपर्छ। ऐन पारित भएपछि इयूको प्रतिबन्ध हटाउन बल पुग्ला। तर, योभन्दा पनि महत्त्वपूर्ण विषय नेपाली नागरिकले हवाई यात्रामा सुरक्षित महसुस गरेका छन् कि छैनन्? नेपाली जहाजहरूमा यात्रा गर्दा सुरक्षित महसुस गर्नुपर्‍यो। यसपछि प्रतिबन्ध हटाउने विषयहरू आउँछन्,’ उनले भनिन्। 

सांसद गौतमले अहिले आमनागरिकले हवाई सुरक्षामा निकै चासो दिइरहेको, भगवानसँग प्रार्थना गरेर यात्रा गर्नुपर्ने स्थिति रहेको भन्दै यो परिस्थितिलाई हल गर्न, सहजता प्रदान गर्न नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामकमा छुट्याउने विधेयक आउनु स्वागतयोग्य भएको बताइन्। ‘त्यसैले युरोपियन युनियनको कालोसूचीभन्दा माथि हवाई यात्रा गर्ने आमनेपाली यात्रुको सुरक्षाका खातिर ऐन आउन जरुरी छ,’ उनले भनिन्। 

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने बहस चल्दा युरोपियन युनियनको दबाबमा हो भनेर चर्चा चल्ने गरेको भन्दै सांसद गौतमले आफूले अध्ययन गर्दा नेपालले सन् २०१० मै एडिबीसँग हवाई यातायात क्षमता अभिवृद्धिका लागि ७० मिलियन डलर ऋण तथा १० मिलियन डलर अनुदान लिएको र त्यही वेलादेखि सेवाप्रदायक र नियामक छुट्याउने अवधारणा राज्यले लिएको उल्लेख गरिन्। त्यसपछिका योजना र बजेटमा यो कुरालाई प्राथमिकतामा राखिँदै आइएको उनले बताइन्।

सेवाप्रदायक र नियामक छुट्याउने भनेर नेपाली नागरिकको नाममा ऋण लिएको १५ वर्षसम्म पनि यो कार्यान्वयन नभएको भन्दै गौतमले अझै पनि केही मानिसहरूले यो आयातीत हो भनेर अतिरन्जित गर्नु आपत्तिजनक भएको बताइन्।

सांसद गौतमले वर्तमान अवस्थामा पनि प्राधिकरणले राम्रोसँग काम नगरेको उल्लेख गरिन्। यसमा सौर्य एयरलाइन्स जहाज दुर्घटनाको प्रसंग जोड्दै सांसद गौतमले सोधिन्, ‘मेन्टिनेन्समा जान लागेको फ्लाइटमा कसरी बाहिरी पेसेन्जर हालियो? यदि नियमनकारी निकायले राम्रो कार्य गर्थ्यो भने यो त्रुटि हुन्थेन। अनाहकमा एकजना बच्चा र ऊर्जाशील कर्मचारीको ज्यान जाँदैनथ्यो। नियमनकारी त्यहीँनेर फितलो भयो। यसमा सुधारका लागि छुट्याउनैपर्छ।’

सांसद गौतमले सौर्य एयरलाइन्समा भएको त्रुटिका सन्दर्भमा सम्बन्धित पदाधिकारीलाई कहिले कारबाही हुन्छ भनेर पर्यटनमन्त्रीलाई प्रश्न पनि गरिन्।