
पर्साको पर्सागढी नगरपालिका– ५ बहुअर्वास्थित इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। हीरा इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी पाँच वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी पाँच वर्षीया छोरी अफसाना खातुन रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सोमबार बिहान बाख्रा चराउन गएका दुवै बालिका इँटाभट्टाको खाडलमा डुबेका हुन्। डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।