१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १५ सोमबार ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आरन्य नेचर रिसोर्टको व्यवस्थापन एटमोसफेर कोरले सम्हाल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार ११:१२:oo

बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै प्रसिद्ध एटमोसफेर कोर हस्पिटालिटीले गर्ने भएको छ । योसँगै नेपाल पनि एटमोसफेर कोर हस्पिटालिटीको सञ्जालमा थपिएको हो । लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडको साझेदारीमा निर्माण भइरहेको आरन्य नेचर यही वर्षको अन्त्यतिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउने बताइएको छ । दुई पक्षबिच रिसोर्ट सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एटमोसफेर कोर गु्रपका प्रबन्ध निर्देशक सलिल पनिग्राही र लस्ट होराइजनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा बोल्दै पनिग्राहीले नेपाल दक्षिण एसियाको विलासी पर्यटकीय गन्तव्यका रूपमा अघि बढिरहेको बताए । उनले ग्राहकलाई नयाँ गन्तव्यका रूपमा नेपाल ल्याउन पाउनु खुसीको कुरा भएको बताए । त्यस्तै, लस्ट होराइजनका अध्यक्ष प्रधानले आतिथ्यताको दृष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ग्राहक सेवासहितको आरन्य रिसोर्ट सञ्चालन गर्ने परिकल्पना गरेअनुसार नै एटमोसफेर कोरसँग साझेदारी जुरेको बताए । 

नमोबुद्धको थ्रान्गु तासी याङ्त्से गुम्बानजिकै रहेको रिसोर्टबाट एउटा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिनेछ ।५१ वटा आकर्षक डिजाइनका कटेज र स्विट्स रहने उक्त रिसोर्टमा स्विमिङ पुल तथा बालबालिकाका लागि किड्स क्लब पनि हुने बताइएको छ । २५ एकड जमिनमा फैलिएको रिसोर्टबाट हिमाल र मनोरम पहाडको दृश्य अवलोकन गर्न सकिनेछ ।