
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा पर्ने भुकाखोलानजिकै कर्णाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकाेट नगरपालिका– १३ का २७ वर्षीय नरेन्द्र परियार रहेका छन्। कर्णाली करिडोर सडकखण्डअन्तर्गत जगन्नाथ गाउँपालिका– ६ भुकाखोलामा काम गरिरहेका परियार नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बेपत्ता भएका परियारको खोजीका लागि जगन्नाथ जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेर खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।