१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
२o८२ बैशाख १३ शनिबार ११:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष पोखरेल गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार ११:३५:oo

हेटौँडामा शनिवार विहान भएको स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन् । उनको हेटौँडा अस्पतालको आइसीयु कक्षमा उपचार भइरहेको छ । मकवानपुर प्रहरीका अनुसार शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पुष्पलाल पार्क अगाडी एमाले पार्टी कार्यलय नजिकै दुर्घटनामा परेका थिए ।

कमलडाँडाबाट पार्टी कार्यलय आउने क्रममा पोखरेलले चलाएको प्र.३–०३–००१ प. ५८०७ नम्बरको स्कुटर एक्कासी अनियन्त्रित भई दुर्घटना भएको थियो । अन्दाजी ६२ वर्षीय पोखरेलको टाउकोमा चोट लागेको छ।उनको टाउकोमा सामान्य रगत जमेको र बाहिरी भागमासमेत चोट लागेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलगाईँले जानकारी दिए ।

बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका अध्यक्ष पोखरेलको अहिले होस आएको चिकित्सकले जानकारी दिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु र्यालले जानकारी दिए ।