१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
२o८२ बैशाख १३ शनिबार o९:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनमा मुख्यमन्त्री लामाको प्रतिवद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार o९:४८:oo

 बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन्। प्रदेशको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिका सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले बागमती प्रदेश सरकारका सबै मन्त्रालयले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट तयार पार्दा स्वास्थ्य नीतिलाई प्राथमिकता दिने बताए । मुख्यमन्त्री लामाले वास्तवमा स्वास्थ्य सुविधा उपलब्ध गराएर मात्रै नागरिकको स्वास्थ्य प्रतिको राज्यको जिम्मेवारी पुरा नहुँने उल्लेख गर्दै उनले नीति तथा कार्यक्रमबाट हरेका क्षेत्रमा स्वास्थ्य अधिकार सुनिश्चित गर्नुपर्ने स्पष्ट पारे।

‘अस्पताल र स्वास्थ्य संस्था बनाएर मात्रै मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन, हामीले नागरिकको सबैखालका स्वास्थ्य अधिकारमा ध्यान पुर्‍याउन आवश्यक छ,’ उनले भने, ‘बागमती प्रदेश नागरिकको स्वास्थ्य प्रति सचेत रहेको र सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनमा प्रतिवद्ध छ ।’मुख्यमन्त्री लामाले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारका लागि प्रदेश सरकारसँगै अन्य क्षेत्रले गम्भिरताका साथ लिनु पर्ने बताए।

उनले आगामी बजेटमा स्वास्थ्य नीतिलाई प्राथमिकतामा राखेर प्रदेशका मन्त्रालयहरुले बजेट तयार पार्ने दाबी गरे। ‘ मलाई विश्वास छ प्रदेशका सबै मन्त्रालयहरुले नागरिकको स्वाथ्यको अधिकार प्रति गम्भिरताका साथ लिनेछन् र आगामी बजेट कार्यक्रममा  स्वास्थ्य नीतिलाई प्राथमिकतामा राखेर नीति र बजेट तयार पार्नेछन् ।’

प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयसँगैवन, वातावरण, भौतिक पूर्वाधार, यातायात, खानेपानी, कृषि, पर्यटन लगायतका सबै मन्त्रालयहरु नागरिकको स्वास्थ्यप्रति उत्तरदायी भएको उनको भनाइ छ । यसका लागि सरकारले सञ्चालन गर्ने विकास आयोजना र सेवा प्रवाहलाई पनि स्वास्थ्यका हिसाबले महत्वका साथ लिने दावी गरे । प्रदेश सरकारले सञ्चालन गर्ने सम्पूर्ण योजनाहरु सन्तुलित र व्यवस्थित रुपमा अघि बढाउन सबै नीतिमा स्वास्थ्य नीति लागु गर्ने स्पष्ट पारे।