१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
रिहा भएकालाई आफन्तको जिम्मा लगाइँदै
Invalid date format o८:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शिविरमै पठाइयो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o१:oo

सर्वाेच्च अदालतको आदेशपछि चार भुटानी शरणार्थीलाई अध्यागमन कार्यालय काँकडभिट्टाले शिविरिमै पठाएको छ । अमेरिकाबाट निष्कासनमा परेपछि भुटान हुँदै नेपाल पुगेर पक्राउ परेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङलाई थुनामुक्त गरी शुक्रबार राति दमकस्थित भुटानी शरणार्थी शिविरमा पठाइएको हो । तीमध्ये तीनजना दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र गुरुङ पथरी–शनिश्चरेमा रहेको शिविरमा बस्नेछन् । 

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले बिहीबार मात्र थुनामुक्त गरी ६० दिनभित्र मुद्दा सक्न पनि भनेको थियो । चारजनालाई आफन्तको जिम्मा लगाए पनि शिविरमा नजरबन्दजस्तै छन् । शिविर रहेको स्थानीय तह अर्थात् बेलडाँगीमा बस्ने तीनजनाले दमक नगरपालिका र शनिश्चरे शिविरमा बस्ने गुरुङले पथरी–शनिश्चरे नगरपालिका छाडेर जान नमिल्ने सर्तसहित रिहा गरिएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए । उनीहरूले हरेक सात दिनमा नजिकैको प्रहरी कार्यालयमा गएर हाजिरी गर्नुपर्नेछ । ‘सर्वोच्च अदालतको आदेश र विभागको पत्रअनुसार बुझाएका छौँ,’ उनले भने, ‘विभागले नै पत्रमा सर्तहरू उल्लेख गरेको छ । त्यो पालना गर्नुपर्छ ।’

रिहा भएपछि पक्राउ परेकामध्येका आशिष सुवेदीले हिरासतको कठिन दिनहरूभन्दा आफन्तसँग बस्न पाउँदा खुसी भएको बताए । ‘हामीले न्याय पाएका छौँ । यसले हाम्रो मुहारमा खुसी ल्याएको छ । नेपालमा मानव अधिकार रहेछ भन्ने देखाएको छ,’ उनले भने, ‘हामी अमेरिकाबाट दशजना आएका थियौँ । अहिले चारजना छौँ । अरू भुटानको पारोसम्म सँगै थियौँ । बाँकी कहाँ जानुभयो हामीलाई थाहा छैन ।’

तर, अध्यागमन कार्यालयले चारजनालाई रिहा गरे पनि यसले थप अन्योल सिर्जना गरेको भुटानी शरणार्थी बस्ती व्यवस्थापन समिति बेलडाँगीका सचिव सञ्चहाङ सुब्बा बताउँछन् । ‘चारजना रिहा हुनुभयो । तर, अब के गर्ने भन्ने केही टुंगो छैन । उहाँहरू अहिले पनि राज्यविहीन हो । उहाँहरूले बस्न पाए पनि उहाँहरूको परिचयचाहिँ के हुन्छ ? यसले हामीलाई चिन्ता थपेको छ,’ सुब्बाले भने । 

नेपालबाट अमेरिका पुनर्वास भएका, तर विभिन्न अपराधमा संलग्न रहेको भन्दै अमेरिकाले २५ मार्चमा भुटान नै पठाइदिएको थियो । भुटानले बाटो खर्च दिएर नेपाल पठाएको थियो । अवैध रूपमा नेपाल प्रवेश गरेपछि १६ चैतमा इलाका प्रहरी कार्यालय दमकले तीनजनालाई पक्राउ गरेर अध्यागमन कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको थियो ।