
इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘लेभल अप विथ सिजी लाइफ हुन्छ इजी’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष ०८२ को अवसरमा पारी यो योजना सार्वजनिक गरेको हो ।
गत २२ चैतेदेखि सुरु भएको यो योजनामा ग्राहकहरूले सिजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनको खरिदमा विभिन्न छुट पाउने भएका छन् । जसमा ६१ हजार आठ सयसम्म क्यासब्याक पाउनेछन् ।
त्यस्तै, पक्का उपहारअन्तर्गत सिजी मेरिडिया गुगल टिभी (६५–१०० इन्च)को खरिदमा २.१ स्पिकर, सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा दुई केजी एरियल पाउडर, फ्रन्ट–लोड वासिङ मेसिन किन्दा ६ केजी एरियल पाउडर ग्राहकलाई दिइने कम्पनीले जनाएको छ ।
यसबाहेक ग्राहकले साइड–बाई–साइड र मल्टिडोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्सर ग्राइन्डर, डिसवासरको खरिदमा डिसवासर किट र एसी किन्दा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध हुनेछ ।