Skip This
तलब नपाएको भन्दै खाँडाचक्रका करार कर्मचारीले गरे तालाबन्दी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
रमेश सुनार कालीकोट
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तलब नपाएको भन्दै खाँडाचक्रका करार कर्मचारीले गरे तालाबन्दी

Read Time : < 1 मिनेट
रमेश सुनार, कालीकोट
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

कालीकोटको खाँडाचक्र नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेका छन्।नौ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्।

२०८१ साउनदेखि वडा कार्यालय र नगरपालिकाको निर्देशनमा काम गरे पनि नौ महिनादेखि तलब नपाएको भन्दै नगरपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक,पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन्।

नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कार्यालयभित्र निमित्त प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढालगायत केही कर्मचारी समेत थुनिएका छन्। सर्वसाधारणको कामकाज नै ठप्प भएको छ। नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीहरू भने निराश भएका छन्। आन्दोलन गर्नु रहर नभई बाध्यता भएको करार कर्मचारीले बताए