
नेपाल टी डेभलपमेन्ट कर्पोरेसन (एनटिडिसी)ले आइपिओ ल्याउने भएको छ । नेपालको सबैभन्दा ठुलो चिया उत्पादक तथा वितरक संस्था एनटिडिसीले आइपिओ ल्याउन लागेको हो । कम्पनीले ६ लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भएको छ । यससम्बन्धी सम्झौतापत्रमा एनटिडिसीका कार्यकारी अध्यक्ष सुभाषचन्द्र सांघाई र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।
एनटिडिसीले ‘टोकला’ र ‘इलाम’ ब्रान्डमा गोल्ड लिफ, मसला चिया, सिटिसी, ग्रिन टी र अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ । यी उत्पादन कम्पनीले रुस, युरोप, जापान, भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकालगायतका बजारमा निर्यातसमेत गर्दै आएको छ ।