
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान मकालु गाउँपालिका– ३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए।
मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।