Skip This
नेपाल र भारतका ऊर्जामन्त्री मुक्तिनाथमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
२o८२ बैशाख १० बुधबार ११:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल र भारतका ऊर्जामन्त्री मुक्तिनाथमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार ११:o२:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरले मुस्ताङको भ्रमण गरेका छन् । दुवै मन्त्रीले आज बिहान मुक्तिनाथ मन्दिरमा पुगेर पूजाअर्चनासमेत गरेका छन् । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए ।

त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।