Skip This
शिक्षकका मागमा सरकार असंवेदनशील : विपक्षी दलका नेताहरू 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शिक्षकका मागमा सरकार असंवेदनशील : विपक्षी दलका नेताहरू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

विपक्षी दलका शीर्ष नेताले शिक्षकको मागमा सरकार गम्भीर र संवेदनशील नदेखिएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको कार्यशैली र माग सम्बोधनमा प्रधानमन्त्री केपी ओलीको निष्क्रियताको विरोध गरे ।

‘लाखौँ शिक्षकहरू आन्दोलनमा छन् । तर, सरकार गैरजिम्मेवार बनेको छ । म प्रधानमन्त्री हुँदा गरिएको सहमतिअनुसार विधेयक संसद्मा दर्ता भइसकेको छ, त्यसलाई अविलम्ब अघि बढाउन र शिक्षकका माग पूरा गर्न सरकार गम्भीर बनोस् । सरकारले जनभावनासँग खेलबाड नगरोस्,’ पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘शिक्षकको माग सम्बोधन गर्नुभन्दा प्रधानमन्त्री उनीहरूलाई अपमानित गर्न लागिरहेका छन् । प्रधानमन्त्रीले पदमा बस्ने हैसियत गुमाइसके ।’

शिक्षकका साथै लघुवित्तपीडित, सहकारीपीडित तथा चिकित्सकहरू पनि आन्दोलनमा रहेको र उनीहरूका जायज माग छिटो सम्बोधन हुनुपर्ने प्रचण्डको भनाइ थियो । 

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले शिक्षकहरूको मागलाई सरकारले कुल्चिएर हिँडेको आरोप लगाए । शिक्षकका जायज माग तत्काल पूरा गर्न उनले माग गरे । प्रधानमन्त्री ओलीकै कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको उनले बताए ।

‘कम्युनिस्ट पार्टीका एउटा नेता देशको प्रधानमन्त्री छन् । झन्डै अढाई लाख शिक्षकहरू अहिले सडक आन्दोलनमा छन् । तर, प्रधानमन्त्री ती शिक्षकहरूका माग कुल्चिएर हिँडेका छन्,’ खनालले भने, ‘शिक्षामन्त्री शिक्षकहरूको माग अलिकति सम्बोधन गरौँ भन्ने र प्रधानमन्त्रीले नटेर्ने अवस्था रह्यो । यही बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो ।’