Skip This
‘यो साता गहुँ नकाट्नू’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार o६:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘यो साता गहुँ नकाट्नू’

बिहीबारदेखि देशभर वर्षा हुने प्रक्षेपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार o६:o३:oo

फेरि देशभर वर्षा हुने भएको छ । बिहीबार देशभर वर्षा गराउने अर्को प्रणाली भित्रिने भएकाले यो साता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले सुझावसमेत दिएको छ ।

सञ्जीव अधिकारी, मौसमविद्
यो साता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको छ भने भित्र्याउँदा राम्रो हुन्छ । किनकि बुधबारको तुलनामा बिहीबार धेरै पानी पर्ने भएकाले काटेको बाली नष्ट हुन सक्छ । काटेको छैन भने केही दिन पर्खँदा राम्रो हुन्छ ।

मौसमविद्हरूका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाली आकाशमा भित्रिने पूर्वानुमान छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हाल पश्चिमी वायु र स्थानीय वायुका कारण क्षेत्रगत रूपमा वर्षा भइरहे पनि बिहीबार भित्रिने प्रणालीले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा गराउने प्रक्षेपण रहेको बताए । 

‘गत साताझैँ यो प्रणालीले पनि पूर्वी र मध्य नेपालका धेरै ठाउँमा वर्षा गराउने देखिन्छ, पश्चिममा लुम्बिनीसम्म पनि वर्षा हुनेछ,’ उनले भने, ‘सुदूरपश्चिम र कर्णालीमा भने पहाडी क्षेत्रमा वर्षा हुने देखिन्छ ।’ तर, यो प्रिमनसुन रहेकाले यस अवधिमा स्थानीय वायु पनि वेला–वेला सक्रिय हुने हुँदा सुदूरपश्चिमका तराईमा पनि वर्षाको सम्भावना कायमै छ ।

मौसमविद् अधिकारीले पनि यो साता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटिसकेको भए छिटो भित्र्याउन सुझाव दिएका छन् । ‘काटेको छ भने भित्र्याउँदा राम्रो हुन्छ, किनकि बुधबारको तुलनामा बिहीबार धेरै पानी पर्ने भएकाले काटेको बाली नष्ट हुन सक्छ,’ उनले भने, ‘काटेको छैन भने केही दिन पर्खँदा राम्रो हुन्छ ।’

त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वर्षा गराउने प्रणाली आगामी आइतबारसम्म कायम रहने देखिन्छ । ‘हिजोआजभन्दा बिहीबारबाट धेरै वर्षा हुने देखिन्छ,’ उनले भने, ‘गहुँ बाली भित्र्याउने सोचमा हुनुहुन्छ भने अर्काे हप्ता सोमबारसम्म पर्खनुहोला ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।