१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १ सोमबार o६:o९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o६:o९:oo

नयाँ वर्ष २०८२ को बिहानीसँगै ‘नयाँ पत्रिका’ पनि १९औँ वर्षमा प्रवेश गरेको छ । झन्डै दुई दशक लामो यो यात्रामा आदरणीय पाठक, वितरक, विज्ञापनदाता र शुभेच्छुकबाट निरन्तर प्राप्त स्नेह, सद्भाव, साथ र सहयोगका लागि ऋणी छौँ । यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

दिन सहज हुन् कि अप्ठ्यारा, ‘नयाँ पत्रिका’ले तथ्यपरक प्रस्तुतिसँगै समाजका दृश्यमाथिको सार्थक हस्तक्षेपलाई आफ्नो मूलमन्त्र ठानेको छ । हामीले भन्दै आएका थियौँ, पुनः प्रतिबद्धता जनाउँछौँ– लोकतन्त्रले जब तन्त्र समातेर लोकलाई छोड्छ, हामी लोकका पक्षमा उभिएका छौँ र उभिइरहनेछौँ । सार्थक र रचनात्मक हस्तक्षेपको प्रयास निरन्तर रहनेछ ।

नेपाली छापामाध्यममा समाचारदेखि फिचर र विचारसम्ममा सबैभन्दा धेरै प्रयोग गरेको अखबार हो– नयाँ पत्रिका । रचनात्मक प्रयोगको यो प्रयासलाई निरन्तर जारी राख्दै आगामी दिनमा थप पाठकमैत्री हुनेछौँ । र, यहाँहरूले हामीबाट खोजेको उच्च व्यावसायिकता र जिम्मेवारीबाट विचलित हुनेछैनौँ । नयाँ वर्ष २०८२ ले राष्ट्र र समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र सुव्यवस्था ल्याओस्, यही हाम्रो शुभकामना छ ।