Skip This
उपाधि भिडन्तमा नेपाललाई १७५ रनको लक्ष्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार १३:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि भिडन्तमा नेपाललाई १७५ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १३:o६:oo

नेपाललाई  रविजा सन्दारुवानको अर्धशतकसँगै कुवेतले चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्‍याे ।

कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भवसरले १६  र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए । 

तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए ।  

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए । 

प्रतियोगितामा अपराजित  रहेको नेपाल पाँच अंकसहित फाइनलमा पुगेको हो ।  नेपालले दुई‌ खेल जितेको थियो । आयोजक हङकङसँगको खेल वर्षाका कारण रद्द भयो।

नेपालसँग पराजित कुवेतले अन्य दुई टोलीलाई‌ पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

छुटाउनुभयो की ?