Skip This
वीरगन्ज झडप : निषेधाज्ञाको अवधि थपियो, आइतबार राति १२ बजेसम्म रहने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
तिवारी यादव वीरगन्ज
२o८१ चैत ३१ आइतबार १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्ज झडप : निषेधाज्ञाको अवधि थपियो, आइतबार राति १२ बजेसम्म रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १२:o२:oo

शनिबार साँझदेखि वीरगन्जमा लगाइएको कर्फ्यु १२ घण्टाका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा हिजो साँझदेखि लगाइएको कर्फ्यु आइतबार १२ राति बजेसम्म थपिएको हो ।

दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।

तर, अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्न आएको सुझावलाई मध्यनजर गरेर कर्फ्यु बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार साँझ साढे ६ बजेदेखि लागू हुने गरी लगाइएको कर्फ्यु आइतबार राति १२ बजेसम्म वीरगन्ज महानगरआसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

उनका अनुसार पूर्वमा वीरगन्ज- १५ मा रहेको बाइपास चोक, पश्चिममा वीरगन्ज- २५ को सिर्सिया पुल, उत्तरमा वीगरन्ज- १४ को पावरहाउस चोक र दक्षिणमा वीरगन्ज- १६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो।

वीरगन्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडपले उग्ररूप लिएकोे छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा हिजाे शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो ।  उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृंखल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।

छुटाउनुभयो की ?