१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंक–भक्तपुर इन्टरनेसनल हस्पिटलबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३९:oo

नेपाल बैंक र भक्तपुर, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल हस्पिटलबिच विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रामजीकुमार श्रेष्ठले हस्ताक्षर गरे । बैंकका कर्मचारी तथा ग्राहकले अस्पतालका विविध सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउने उक्त सम्झौतामा उल्लेख छ । 

ग्राहकले ओपिडी, गाइनो तथा फर्टिलिटी, डायग्नोस्टिक एन्ड न्युट्रिसन, इन्डोस्कोपी, कोलोनोस्कोपी, इसिजी, इइजी, प्लमनरी, एक्सरे, अल्ट्रासाउन्डजस्ता सेवामा छुट पाउनेछन् । त्यस्तै इको, डेन्टल, सानो तथा ठुलो शल्यक्रिया, ब्रेन तथा न्युरोलगायतका सेवामा पनि ग्राहकले ५ देखि २० प्रतशित छुट पाउने सम्झौता भएको छ ।