मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 13 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format २o:२o:oo
Read Time : < 1 मिनेट
समाचार

मकालु बेस क्याम्प जाने क्रममा लेक लागेर एक यात्रुको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format २o:२o:oo

मकालु बेस क्याम्प जाने क्रममा लेक लागेर संखुवासभामा एक यात्रुको मृत्यु भएको छ।

मकालु गाउँपालिका–२ डाँडाखर्कमा आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले बताए। उनका अनुसार मकालु बेस क्याम जाने क्रममा ४२ सय मिटर उचाइमा उनलाई लेक लागेको अनुमान गरिएको छ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। उक्त क्षेत्र दुर्गम भएकाले मकालु गाउँपालिकाको केन्द्र नुमसम्म मात्रै सवारीसाधनको सुविधा छ। शव बोकेर नुमसम्म ल्याउनुपर्ने बाध्यता छ। 

छुटाउनुभयो की ?