मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 13 April, 2025
तिवारी यादव वीरगञ्ज
Invalid date format १९:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जमा दुई समुदायबिचको झडपपछि कर्फ्यु आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२७:oo

वीरगन्जमा दुई समुदायबिचको झडपका कारण स्थिति तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। पर्सा जिल्ला प्रशासन कार्यालयले आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

हनुमान जयन्तीको अवसरमा वीरगन्जको छपकैया चोकअगाडि झडप भएको थियो। 

हिन्दु समुदायको जुलुसमाथि वीरगन्जको छपकैया क्षेत्रमा अवरोध भएपछि दुवै पक्षबिच झडप भएको छ। झडपको क्रममा ज़ाइज़ बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ।

स्थानीयका अनुसार, धार्मिक र्‍यालीमा घरको छतबाट ढुंगा फालेपछि उत्पन्न तनावका कारण केही समूहबिच विवाद चर्किएको थियो, जुन उग्र रूप लिएर आगजनीमा परिणत भयो। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ।

कर्फ्यु आदेश: 

 

 

 

छुटाउनुभयो की ?