
वीरगन्ज महानगरपालिका शनिबार दुई समुदायबिच झडप भएको छ। हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया इदगाह चोकमा दुई समुदायबिच झडप भएको हो।
झडपको क्रममा केही पसलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार झडपमा केही व्यक्ति पनि घाइते भएका छन्।
झडप नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।