मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Saturday, 12 July, 2025
एजेन्सी बेइजिङ
२o८१ चैत २९ शुक्रबार १o:५७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जेलेन्स्कीको भनाइको बेइजिङद्वारा आलोचना

Read Time : < 1 मिनेट
एजेन्सी, बेइजिङ
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १o:५७:oo

 युक्रेनी सेनाले पूर्वी डोनेत्स्क क्षेत्रमा रुसी पक्षबाट लडिरहेका दुई चिनियाँ सैनिकलाई पक्राउ गरेको दाबी गरेको एक दिनपछि रुसी सेनामा काम गरिरहेका एक सय ५५ चिनियाँ नागरिकको विवरण रहेको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बिहीबार बेइजिङलाई आफ्ना नागरिक रुसी पक्षबाट लडेकोबारे थाहा भएको आरोप लगाए । 

बिहीबार जेलेन्स्कीको भनाइबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘सम्बन्धित पक्षलाई’ ‘गैरजिम्मेवारपूर्ण टिप्पणी व्यक्त गर्नबाट टाढा रहन’ भन्यो । ‘हामी सम्बन्धित पक्षलाई चीनको भूमिका के हो स्पष्ट रूपमा पहिचान गर्न सल्लाह दिन्छौँ,’ मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित समाचार ब्रिफिङमा जेलेन्स्कीको नाम उल्लेख नगरी भने । ‘चीन–युक्रेन संकटको निर्माता वा कुनै पक्ष राष्ट्र होइन । हामी शान्तिपूर्ण समाधानका कट्टर समर्थक र सक्रिय प्रवद्र्धनकर्ता हौँ,’ जियानले भने ।