मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
सौरभ यादव राजविराज
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेशका अस्पतालमा तत्काल औषधि उपलब्ध गर : मधेशी आयोग

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

मधेश प्रदेशका अस्पतालमा तत्काल औषधि उपलब्ध मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ।  आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले नयाँ पत्रिकामा समाचार पढेर औषधिबारे थाहा पाएपछि मधेश प्रदेशका अस्पतालमा तत्काल औषधि उपलब्ध  गराउन  सरकारको ध्यानाकर्षण गराएको बताए। 

‘हामीले सरकारको ध्यानाकर्षण गराइसकेका छौँ । सोमबार बिहान समाचार पढेर तत्कालै आयोगबाट मधेश प्रदेशका अस्पतालमा औषधि उपलब्ध  गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएका छौँ,’ उनले भने। आवश्यक कारबाहीका लागि मन्त्रालयलाई पत्रचार गरेको  उनले बताए । 

‘संघअन्तर्गतकै मधेशका अस्पतालमा पाइँदैन बिमाअनुसारको नि:शुल्क औषधि’ शीर्षकमा सोमबार नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको थियो। 

संघअन्तर्गत रहेका मधेश प्रदेशका अस्पतालमै स्वास्थ्य बिमा गरेका बिरामीले नि:शुल्क औषधि पाउन छाडेका छन् । चिकित्सकले लेखिदिएअनुसारका औषधि माग्दा अस्पतालका फार्मेसीमा काम गर्ने कर्मचारीले आफूसँग नभएको र बाहिरबाट लिन भन्ने गरेका छन् । 

बिमितले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र वीरगन्जको नारायणी अस्पतालका फार्मेसीले स्वास्थ्य बिमाअनुसार पाउनुपर्ने नि:शुल्क औषधि नदिएको गुनासो गरेका छन् । ती फार्मेसीमा स्लाइनदेखि एन्टिबायोटिक औषधिसमेत पाउन छाडेको उनीहरूको भनाइ छ ।