मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा ५९२ प्रतिवादी फरार, ३५ करोड जरिवाना उठेन

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

रामेछाप जिल्ला अदालतले विभिन्न मितिमा गरेको अन्तिम फैसला भई कैद भुक्तान गर्नुपर्ने ५९२ जना प्रतिवादी फरार हुँदा ३५ करोड रुपैयाँ जरिवाना उठाउन सकेको छैन । 

अदालतले मुद्दा फैसला गरे पनि प्रतिवादी फरार हुँदा उक्त रकम उठाउन नसकेको हो । फरार रहेका प्रतिवादी पक्राउ गर्न अदालतले जिल्ला प्रहरी कार्यालय रामेछापमा पटक–पटक परिपत्र गर्दासमेत प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न सकेको छैन । जसका कारण अदालतले उठाउनुपर्ने ३५ करोड जरिवाना रकम उठाउन नसकेको हो । 

त्यसैगरी रामेछाप जिल्ला अदालतमा गएको आर्थिक वर्षमा दर्ता भई जिम्मेवारी सरेर आएका १३१ वटा मुद्दाहरूको फैसला हुन बाँकी रहेको छ । त्यस्तै, यस चालू आर्थिक वर्षमा २४८ वटा मुद्दा दर्ता भएकाहरू गरी जम्मा ३७९ वटा मुद्दा रहेकोमा यस चालू आर्थिक वर्षको नाै महिनामा २२५ वटा मुद्दा फर्स्याेट भइसकेका छन् ।

अदालतले यस आर्थिक वर्षमा २२५ वटा मुद्दा फर्स्याेट गर्ने लक्ष्य लिएकोमा सोहीअनुसार शतप्रतिशत काम भएको रामेछाप जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले जानकारी दिए । 

फर्स्याेट हुन बाँकी मुद्दाहरूमध्ये २०८२ असारसम्म दुई वर्ष कट्ने ६ थान र एक वर्ष कट्ने १८ वटा मुद्दा रहेको पनि उनले बताए । अदालतमा दर्ता भएका बाँकी मुद्दाहरूको पनि चाँडै फर्स्याेट गर्ने गरी काम भइरहेको पनि रामेछाप अदालतले जनाएको छ ।