मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार– २०८१ बाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

नेपाली महिला मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार– २०८१ बाट सम्मानित भएकी छिन्। गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित NCM DAY कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार घोषणा कार्यक्रममा अमनप्रताप अधिकारीले रेणुका नगरकोटेलाई ‘Unsung Hero’ को रूपमा सम्मान गर्दै भने, ‘उनले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष, दुवै कुराले आगामी पुस्तालाई ठुलो प्रेरणा दिएको छ।’

कार्यक्रममा नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.डा. सुशीलभक्त माथेमाले पनि रेणुकालाई बधाई दिँदै भने, ‘उहाँको खेलजीवन अझ ऊर्जावान बनोस् भन्ने शुभकामना छ।’

रेणुका नगरकोटेले नेपाली महिला फुटबलको मिडफिल्डबाट खेल्दै आएका अनेकौँ प्रतिस्पर्धामा उल्लेखनीय योगदान दिएकी छिन्। समाजमा कम चर्चा पाइरहेकी प्रतिभाको पहिचान गर्दै उनलाई पुरस्कृत गर्नुलाई आयोजक संस्थाको प्रेरणादायी कदमको रूपमा हेरिएको छ।