मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२० प्रतिशत नेपाली मात्रै स्वास्थ्य बिमामा जोडिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

स्वास्थ्य बिमा बोर्डले नेपालमा स्वास्थ्य बिमाको अवस्थाबारे श्वेतपत्र जारी गरेको छ। बोर्डले आइतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमाको अवस्थाबारे जानकारी गराउँदै ४५बुँदे श्वेतपत्र जारी गरेको हो।

श्वेतपत्रअनुसार फागुन मसान्तसम्म बोर्डले सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी छ। आगामी दिनमा भुक्तानी गनुपर्ने बक्यौता झन् थपिँदै जाने श्वेतपत्रमा उल्लेख छ।

स्वास्थ्य बिमा हाल ७७ वटै जिल्लामा फैलिए पनि पालिकास्तरमा यसको कभरेज भने कमजोर देखिएको छ। हालसम्म ७४९ स्थानीय तहमा मात्रै स्वास्थ्य बिमा विस्तार भएको छ।

बिमाको दायरामा आएकाहरूको संख्या ८९ लाख ५२ हजार १३५ छ। त्यसमध्ये ५७ लाख ५३ हजार ८१७ विमितले उपचार सेवा लिइरहेका छन्। स्वास्थ्य बिमाको हिसाबले हाल कार्यान्वयन भइरहेको बिमाको दर जम्मा २० प्रतिशत मात्रै हो भने बाँकी ८० प्रतिशत मानिस बिमाको दायराबाहिर छन्।

सरकारले बिमाका लागि आवश्यक बजेट नदिँदा बोर्डले आर्थिक संटकको सामना गरिरहेको छ। बोर्डमा कर्मचारीसमेत नहुँदा बिमा व्यवस्थापनसम्बन्धी कार्यमा प्रत्यक्ष असर परिरहेको बोर्डले जनाएको छ।

हेर्नुस् श्वेतपत्र :