मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Friday, 11 April, 2025
२o८१ चैत २२ शुक्रबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा भूकम्पको धक्का, त्रासले सडकमा नागरिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार २o:४४:oo

विनाशकारी भूकम्पबाट उठ्न नसकेको जाजरकोटमा फेरि भूकम्पले धक्का दिएको छ। जाजरकोटको पैंक केन्द्र भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बेलुका ८ः७ बजे भूकम्प गएको हो। भूकम्पबाट के–कति क्षति भएको छ त्यस सम्बन्धमा बुझ्न ग्रामीण क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी जाजरकोटका प्रमुख पुरुषाेत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

दुईपटक गएको भूकम्पका कारण जाजरकोटका नागरिक सडकमा निस्केका छन् । भूकम्पबाट ठुलो धनजनको क्षति व्यहोरेकाे जाजरकोटले यतिवेला त्रासले सडकमा जागाराम बसिरहेका छन् । भूकम्पले अहिलेसम्म के–कति क्षति भयाे यकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो की ?