मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Friday, 11 April, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८१ चैत २२ शुक्रबार १९:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पलाञ्चोक मन्दिरको भेटी चोरेको आरोपमा २९ महिनापछि खुलाल पक्राउ

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १९:३५:oo

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ९ स्थित पलाञ्चोक भगवती मन्दिरको दानपेटिका फोरेर भेटी चोरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार २९ महिनाअघिको चोरी घटनामा खानीखोला गाउँपालिका– ७ का ३० वर्षीय रविन खुलाल पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ०७९ कात्तिक १६ गते राति मन्दिरको दानपेटिका फोरेर करिब ७० हजार रुपैयाँ चोरी भएको थियो। प्रहरीले खोजतलास गर्ने क्रममा २९ महिनापछि खुलाललाई पक्राउ गरेको हो।

खुलाल रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका– ७ स्थित खाँडादेवी मन्दिरको भेटी चोरीको आरोपमा रामेछाप जिल्ला कारागारमा थुनामा थिए। पलाञ्चोक मन्दिरको भेटी चोरी आरोपमा उनै खुलाललाई रामेछापबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल ल्याएको छ।

खुलालमाथि किटानी जाहेरी लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

छुटाउनुभयो की ?