मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
२o८१ चैत २२ शुक्रबार १६:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

क्यारिकेचरमा व्यावसायिक नेतृत्वको रंगीन अनुहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १६:१९:oo

कार्टुनिस्ट रवि मिश्र र अकृनले बनाएका क्यारिकेचरहरूको प्रदर्शनी ‘कर्पोरेट लिडर्स क्यारिकेचर्स २०२५’ जारी छ। व्यावसायिक नेतृत्वलाई कलात्मक ढंगले प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा मुलुकका ३१ जना व्यावसायिक नेतृत्वका कार्टुन क्यारिकेचरहरू राखिएका छन्।

प्रत्येक क्यारिकेचर सम्बन्धित नेतृत्वको व्यवसाय वा उत्पादनसँग जोडिएको छ, जसले प्रदर्शनीलाई थप रोचक बनाएको छ। उदाहरणका लागि, विनोद चौधरी वाइवाइ खाइरहेका देखिन्छन् भने अरुण चौधरी सुजुकी मोटर्स हाँकिरहेका छन्। देवीप्रकाश भट्टचनलाई हेलिकाेप्टरमा सवार देखाइएको छ भने पशुपति मुरारकालाई अर्घाखाँची सिमेन्टको बोरासँग अडेस लागिरहेका दृश्यमा उतारिएको छ।

यस्तै, पवन गोल्यान फर्सी टिपिरहेका छन्, एनसेलका सिइओ जबोर कयुमव फोनमा व्यस्त देखिन्छन् भने कुशकुमार जोशीलाई निक ट्रान्सफर्मरको अगाडि केही लेख्दै गरेको देखाइएको छ। यस्ता जीवन्त र विषयगत चित्रणहरूले दर्शकमा मुस्कान ल्याउने मात्र होइन, व्यावसायिक क्षेत्रको वास्तविकतालाई समेत झल्काएको छ।

‘कर्पोरेट नेपाल’को आयोजनामा जारी यो प्रदर्शनी यसअघि ललितपुरको ‘दी प्लाजा’मा सम्पन्न भइसकेको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनी भोलि शनिबारसम्म चल्नेछ।

 

छुटाउनुभयो की ?