मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २२ शुक्रबार १५:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकका कार्ड प्रयोगकर्ताले भारतको एपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १५:४१:oo

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एन्ड डायग्नोस्टिक प्रा.लि. सँग सहकार्य गरेको छ । 

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । चेन्नई, बेंग्लाेर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ । ग्राहकहरूले छुटका लागि अस्पताल जानुअघि बैंक वा एच. मेडिकल एन्ड डायग्नोस्टिक प्रा.लि. लाई जानकारी गराउनुपर्नेछ ।

छुटाउनुभयो की ?