मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
नयाँ पत्रिका काठमाडौंं
२o८१ चैत २२ शुक्रबार १३:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कञ्चनपुर, स्याङ्जालगायत ६ जिल्लाका सिडिओको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १३:१३:oo

गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ। 

कञ्चनपुर, स्याङ्जा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो। 

कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेदप्रसाद खरेल, स्याङ्जामा ईश्वरीप्रसाद अर्याल, लमजुङमा माधवप्रसाद खरेललाई खटाइएको छ । दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ। 

कञ्चनपुरका नारायणप्रसाद सापकोटा, स्याङ्जाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ।