मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
२o८१ चैत २२ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १२:५७:oo

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्षको आठ महिनामा रु. १७ अर्ब ७३ करोड ८४ लाखबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाई तथा भेनियर, अदुवा, अम्रिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु. आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु. पाँच अर्ब २४ करोड ४० लाख, प्लाई तथा भेनियर रु. दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्यांकअनुसार अदुवा रु. २६ करोड ६३ लाख, अम्रिसो रु. ७६ करोड ९७ लाख, बन्दा रु. आठ करोड १७ लाख, जडीबुटी रु. चार करोड २६ लाख, मुसुरो दाल रु. चार करोड मूल्यबराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु. दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयात हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशुदानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो रु. १३ करोड १७ लाख १२ हजार, चामल रु. चार करोड ९७ लाख, ताजा तरकारी रु. २८ करोड ८७ लाख मूल्यबराबरको आयात भएको छ । यसैगरी, ताजा फलफूल रु. २६ करोड ३७ लाख, लसुन रु. ६२ करोड ४६ लाख, आलु रु. २८ करोड ९१ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।