मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 10 April, 2025
Invalid date format २१:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालगन्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:oo:oo

विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगन्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन। नेपालगन्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो। 

यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टीतेल चार र एलपी ग्यास ६ प्रतिशतले वृद्धि भएको जानकारी दिए। 

उनका अनुसार चालू आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टीतेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्री भएको छ। गत आवको सोही अवधिसम्ममा पेट्रोल १७ हजार ९२७ केएल, डिजेल ४८ हजार ३९० केएल, मट्टीतेल ३२० केएल र एलपी ग्यास ३० हजार २९३ केएल बिक्री भएको थियो। 

यस डिपोमा पेट्रोल ९७० केएल, डिजेल दुई हजार २८० केएल, मट्टीतेल १४० केएल र एलपी ग्यास २८० केएल भण्डारण क्षमता रहेको प्रमुख डिसीले जानकारी दिए। डिपोले लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, सुर्खेत, जुम्ला, पश्चिम रुकुम, डोल्पा र जाजरकोटमा रहेका एक सय ६ डिलरलाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ।