मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 10 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षक संगठन संखुवासभाको अध्यक्षमा चापागाईं निर्वाचित

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:५३:oo

नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णबहादुर चापागाईं निर्वाचित भएका छन्।

यस्तै, समितिको उपाध्यक्षद्वयमा योगेन्द्रकुमार श्रेष्ठ, अम्बिका गौतम, सचिव टेकबहादुर राय, सहसचिव हिरा कोइराला, कोषाध्यक्ष भीम बम्जन र सहकोषाध्यक्ष कमला श्रेष्ठ निर्वाचित भएका छन्। बुधबार सुरु भएको दुईदिने जिल्ला अधिवेशनले ३३ सदस्यीय कार्यसमिति चयन गर्दै समापन भएको हो। 

नवनिर्वाचित जिल्ला अध्यक्ष कृष्णबहादुर चापागाईंले देशभर भइरहेको शिक्षकको आन्दोलन र मागप्रति संगठनको तर्फबाट दबाब दिने बताए।

नेपाल राष्ट्रिय शिक्षक संगठन संखुवासभाको १४औँ जिल्ला अधिवेशनको अवसरमा शिक्षक संगठनमा योगदान पुर्‍याउने पूर्वशिक्षक सूर्य दाहाल, मनकामना रत्नअम्बिका माध्यमिक विद्यालयका विव्यस अध्यक्ष देवेन्द्र घिमिरे, शिक्षक डा. छिरिङ भोटेलगायतलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। 

नेपाल राष्ट्रिय शिक्षक संगठन एमालेनिकट शिक्षक संगठन हो।