Skip This
मोटरसाइकलको ठक्करबाट उदयपुरमा साइकलयात्रीको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 14 April, 2025
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार

मोटरसाइकलको ठक्करबाट उदयपुरमा साइकलयात्रीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

मदन भण्डारी लोकमार्गको उदयपुर कटारी नगरपालिका–४, मुसहरी टोल खण्डमा  मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज बिहीबार कटारीबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो।

दोङले दुर्घटनामा सिन्धुली दुधौली नगरपालिका–५, घारीथुम्सी बस्ने ७१ वर्षीय अमरबहादुर सुनुवारको मृत्यु भएको जानकारी दिए। उनले भने, ‘मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारको उद्धार गरेर उपचारका लागि कटारी अस्पतालमा ल्याएका थियौँ, उपचारको क्रममा मृत्यु भयो।’

उनको शव कटारी अस्पतालमा रहेको र सोही दुर्घटनामा परी घाइते भएका कटारी नगरपालिका–६, गेरुवाका २३ वर्षीय अनन्त मगर र  मोटरसाइकलको  पछाडि सवार एकजनाको कटारी अस्पतालमा उपचार भैरहेको दोङको भनाइ छ।

छुटाउनुभयो की ?