मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीनकुने घटनामा संलग्न थप सात पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o७:oo

गत शुक्रबारको तीनकुनेमा भएको आगजनी तथा तोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप सातजनालाई पक्राउ गरेको छ। यससँगै सो घटनामा पक्राउ पर्नेको संख्या ६६ पुगेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार थप पक्राउ पर्नेहरूमा रुपन्देहीका प्रेम थापा, रामेछापका सुरेश गौतम, ताप्लेजुङमा सुशील बराल, नुवाकोटका रमेश राई, अछामका गोकर्ण शाही, संखुवासभाका मुकुन्द दाहाल र झापाका समीर मगर छन्। उनीहरूमध्ये थापालाई संगठित अपराध तथा अन्य ६ जनालाई आपराधिक उपद्रवको मुद्दामा अनुसन्धान अघि बढाइएको छ। 

यसअघि प्रहरीले सो घटनामा संलग्न ५९ जनालाई पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका राप्रपा नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरासहित ५९ जनालाई थप सात दिन थुनामा राख्न प्रहरीले म्याद लिएको छ। 

राजतन्त्रको पक्षमा भएको सो आन्दोलन हिंसात्मक हुँदा सरकारी कार्यालय मात्र होइन निजी घर तथा सुपरमार्केटमा समेत लुटपाट र आगजनी भएको थियो। 
 

छुटाउनुभयो की ?