मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 10 April, 2025
Invalid date format २o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्जमा विद्युतको लाइन काट्न गएका कर्मचारीमाथि आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

बक्यौता रकम नतिरेपछि विद्युतको लाइन काट्न गएका नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको छ। नेपालगन्ज उपमहानगरपालिका– ३, एकलैनीस्थित एक स्थानीयको घरको विद्युत् लाइन काट्न फिल्डमा खटिएका कर्मचारीमाथि स्थानीयले हातपात गरेकाे वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले बताए।

स्थानीयको आक्रमणमा परी उदय यादव, लोकेन्द्र शाही, भेषराज यादव र सन्तराम यादव घाइते भएकाे उनले बताए। घाइतेमध्ये उदय यादवको अवस्था गम्भीर भएको अस्पताललाई उदृढ गर्दै कार्यालय प्रमुख लामिछानेले बताए। उनको टाउको र हातमा चोट लागेको छ। उदयको नेपालगन्जस्थित भेरी अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको लामिछानेले जानकारी दिए।

घटनामा संलग्नमाथि विस्तृत छानबिन गरी हदैसम्मको कारबाही गर्न उनले माग गरेका छन्। ‘यस घटनाले कर्मचारीको शारीरिक क्षति मात्र भएको छैन। यसले मानव अधिकार, श्रम, कानुन र संस्थागत मर्यादाको समेत उल्लंघन भएको छ,’ उनले भने।