मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटको सहमति कार्यान्वयन नभए संसद् सञ्चालन हुन नसक्ने माओवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १५:४६:oo

माओवादी केन्द्रले प्रदेश सरकारले प्रतिपक्षी दलहरूसँग गरेको विगतको सहमति कार्यान्वयन नगरेसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । मंगलबार बसेको माओवदी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभा चल्न नदिने जनाएको हो ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारले सांसदहरूलाई झुक्काउने र ढाँट्ने काम गरेको भन्दै विगतको सहमति नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने निर्णय भएको जानकारी दिए ।

उनले विगतमा सरकारले बजेटमाथिको सहमति गर्दै सांसदहरूको छुटेका योजना समेट्ने सहमति गरे पनि ढाँटेको बताए । ‘सरकार ढाँटिरहने र हामी विश्वास गरिरहनुपर्ने हो भने यसपटकचाहिँ संसद् चल्न नदिने निष्कर्षमा हामी पुगेका हौँ,’ उनले भने । सहमतिअनुसार सांसदहरूले संसदीय दलमार्फत योजना उपलब्ध गराए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको दाबी छ ।

सरकार ढाँट र छलबाट अघि बढेको उनले आरोप लगाए । सरकारले आफ्नो गल्ती सच्याएर सांसदहरूले पेस गरेका योजनामा बजेट नदिएसम्म संसद्को कामकारबाही अघि बढ्न नसक्ने उनले बताए । प्रमुख सचेतक ढकालले संसदीय दलको बैठकले प्रदेशका गरिबी निवारण तथा सहकारीमन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानबिन गठन गरेर अघि बढ्नुपर्ने माग पनि राखेको जानकारी दिए ।

यता दिउँसो १ बजेबाट बस्ने भनिएको प्रदेश सभा बैठक अहिलेसम्म बस्न सकेको छैन । आज बिहान ९ बजेदेखि करिब चार घण्टा बसेको सर्वदलीय बैठकमा दलहरूबिच सहमति जुट्न नसकेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन ।