
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत अहिले त्रिवि केन्द्रीय क्याम्पसमा मतगणना जारी छ। अध्यक्षका १७ उम्मेदवार रहेका यहाँ कडा प्रतिस्पर्धा देखिएको छ।
६ हजार १४६ मतदाता रहेको त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार ११८ मत खसेको छ। २९५७ मतगणना सकिँदा सभापतिमा अनेरास्ववियुका सिद्धान्त भट्टले ७४१ मत ल्याउँदा नेविसंघका दिपकराज जोशीले ७४५ मत ल्याएका छन्।
अखिल क्रान्तिकारीका प्रविन दाहाल ६९७ ल्याउँदा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ६८६ तथा अर्का स्वतन्त्र उम्मेदवा पदमा भुषालले १५७ मत ल्याएका छन्।