
त्रिवि केन्द्रीय क्याम्पसमा आज सोमबार सम्पन्न स्ववियु निर्वाचनको मतदानमा तीन हजार ११८ मत खसेको छ। ६ हजार १४६ मतदाता रहेको केन्द्रीय क्याम्पसमा झण्डै आधाले मतदान गरेनन्।
मतदान कार्य सकिएपछि मतगणना जारी छ। एक हजार ३७० मतगणना गर्दासम्म नेविसंघका दीपकराज जोशीले ३३९, अनेरास्ववियुका सिद्धान्त भट्टले ३३९, अखिल क्रान्तिकारीका प्रविन दाहालले ३३०, स्वतन्त्र उज्जवल खड्काले २१६ र स्वतन्त्र पदमा भुसालले ७७ मत पाएका छन्।
यहाँ अध्यक्षका १७ उम्मेदवार थिए। पटकपटक निर्वाचन मिति तोकिए पनि सर्दैसर्दै आएकोमा आज मतदान सम्पन्न भएको हो।
त्यस्तै तेह्रथुम क्याम्पसमा पनि आइतबार निर्विरोध स्वबियु सभापति चयन गरिएको छ। त्यहाँ अध्यक्ष नेविसंघ, उपाध्यक्ष र सचिव अनेरास्ववियु र कोषाध्यक्ष अखिल क्रान्तिकारीलाई भागबण्डा भएको छ।