
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उत्पत्ति भएका पाँच विधेयकहरू प्रमाणित गरेका छन्।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ रनिजीकरण (पहिलो संशोधन) विधेयक २०८१ प्रमाणित भएको हो।
संघीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेको यि विधेयक सभामुख घिमिरेले धारा ११३ (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका छन्।