मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धवलशमशेर पक्राउको सूचना संसद्‌मा सुनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १४:३५:oo

सभामुख देवराज घिमिरेले राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद्लाई सुनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा राणा पक्राउ परेको सूचना सुनाइएको हो। 

तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। त्यसमा संलग्न रहेको आरोपमा जबरा शुक्रबार पक्राउ परेका छन्। 

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ। यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको थियो। 

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावलीअनुसार सभामुखले संसद्‌मा जानकारी दिनुपर्छ। यसअनुसार सभामुखले सभालाई जानकारी दिएका हुन्।