मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

धवलशमशेर र रवीन्द्र मिश्रले अस्पताल बस्ने ‘सुविधा’ नलिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

राजसंस्था पुनर्स्थापना जनआन्दोलनका नेताद्वय डा. धवलशमशेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा नबस्ने बताएका छन्। हिरासतबाटै लडाइँ लड्ने उनीहरूको भनाइ छ। 
‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्यसचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाडौं जिल्ला अदालत इजलासमा आइतबार भने। 

‘राज्यले ज्यान लिन्छ भने लेओस्, साथीको (रवीन्द्र मिश्र) साथ छाड्दिनँ, हिरासतमै बसेर लडाइँ लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले भने।

राजसंस्था पुनर्स्थापना आन्दोलनका नेताहरु मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरूले इजलासमा अनुरोध पेस गरेका थिए। दुवैले सो सुविधा नलिने जानकारी गराई वकिलहरूले निवेदन फिर्ता लिएका थिए। क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परिक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने उनको परिवारले जनाएको छ। 

मिश्र र राणाले इजलासमा भने, ‘आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्यास हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन। सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई बरु दमन गर्‍यो, भिडलाई उत्तेजित बनाउने काम गर्‍यो।’ 

अदालतले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका सम्बन्धमा मिश्र र राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको छ। प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ। उनीहरूकै उक्सावटमा शुक्रबार तीनकुने तथा कोटेश्वर क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीको दाबी छ।