मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गहुँबारीमा पसेको बाघ तेस्रो दिन नियन्त्रणमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

तीन दिनअघि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी गहुँबारीमा पसेको बाघ तेस्रो दिन नियन्त्रणमा लिएको छ। शुक्रबार १५ चैत्रमा बेलौरी नगरपालिका- २, टेटुवा बिमला चौधरीको गहुँबारीमा पसेको बाघ आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी ठाकुरले बाघ नियन्त्रणका लागि शनिबार प्राविधिक टोली टेटुवा गाउँ गएको बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका दुई हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको बताए। ‘बाघ फेला परेको स्थानबाट वन प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ, ‘उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता निकुञ्जमै छाड्ने हो, अब सरोकारवालासँग छलफल गरेको अघि बढ्छौँ।’ 

यसअघि गत वर्ष वैशाख र गत साउनमा गाउँ पसेको बाघले मानिसको ज्यान लिएपछि चिडिया खानामा राखिएको थियो। यद्यपि अहिले भेटिएको बाघले मानिसमाथि आक्रमण गरेको छैन, तर एक घरपालुवा जनावरको सिकार गरेको छ। 

गाउँमा देखा परेको तेस्रो दिन बाघ नियन्त्रणमा लिएपछि जनता हर्षित भएका छन्। बाघ नियन्त्रणमा नआउँदासम्म त्रसित भएका जनता अब ढुक्क भएका छन्। पछिल्ला वर्षहरूमा बाघसहितका साना ठुला जनावर गाउँ पस्न थालेपछि वन्यजन्तु र मानवबिच द्वन्द्वका घटना घटिरहेका छन्।