मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री चौधरीको घुसकाण्ड छानबिन गर्न माग

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको घुसकाण्डको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका छन्। मन्त्री चौधरीले घुसकाण्डको अडियोमा राजीनामा दिए पनि उक्त काण्ड छानबिनको माग उठिरहेको छ। 

घुस लेनदेन काण्डको अडियो बाहिरिएपछि मुख्यमन्त्री कमल शाहले मन्त्री चौधरीलाई राजीनामा दिन दबाब दिएका थिए। मन्त्री चौधरीले शनिबार राजीनामा लिए पनि उनलाई सुख भने छैन, यसरी प्रदेशका मन्त्री खुलेयाम सरकारी कामका कमिसनको बार्गिनिङ गर्दासमेत उनको अडियोमाथि छानबिन नभएको भन्दै नागरिकस्तरबाट मुद्दा उठान भइरहेको छ। यस्ता भ्रष्टाचारजन्य विषयमा राजीनामा दिएर नहुने भन्दै छानबिन गर्न माग उठिरहेको छ। 

नेकपा बहुमतनिकट क्रान्तिकारी युवा संगठन नेपालले मन्त्री चौधरीको घुसकाण्ड छानबिन हुनुपर्ने माग अघि सारेको छ। क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले घुसकाण्डमा मन्त्रीले राजीनामा दिएर मात्रै नहुने छानबिन गरेर दोषीउपर कार्बाहीको माग अघि सारेको हो। 

राज्यको उच्च ओहोदामा बसेका व्यक्तिबाटै घुस लेनदेन लज्जास्पद भएको भन्दै क्रान्तिकारी युवा संगठनले यसमा गम्भीर आपत्ति प्रकट गरेको छ। क्रान्तिकारी युवा संगठन नेपालका सुप प्रदेश इन्चार्ज दीपेन्द्रसिंह ऐरले हस्ताक्षर गरेको घुसकाण्डको छानबिन गरेर कार्बाही नगरिए संगठनका तर्फबाट आन्दोलनको चेतावनी दिएको छ।